Comments Add Comment

अब ग्याँससहितको सिलिन्डरको मूल्य ३,४७५ रुपैयाँ

२ असोज, काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ मात्रै पर्नेछ ।

निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए । ‘यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो आएको थियो अब उपभोक्ता ठगिन पाउँदैनन्,’ अध्यक्ष भण्डारीले भने ।

सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको भण्डारीको भनाइ छ ।

उद्योगले कुनै विकल्प नदिइ उद्योग बन्द गरेमा वा उपभोक्ता बसाँ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने छ ।

तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वनय हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment