Comments Add Comment

अनशनरत डा. केसीलाई सुविधायुक्त अस्पतालमा स्थानन्तरण गर्न साझा पार्टीको माग

२ असोज, काठमाडौं । साझा पार्टीले जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका कारण तत्काल सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ ।

सत्याग्रह स्थल जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसर पुगेको साझा पार्टीको टोलीले  चिकित्सकहरूकै सुझाबको आधारमा सुविधा सम्पन्न अस्पतालमा स्थानन्तरण गर्न सुझाब दिएको बताएको छ ।

साझा पार्टीको बिशेष टोलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

‘डा. केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो । तर विडम्वनाको कुरा, सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment