Comments Add Comment

भारतमा ५४ लाख नाघे कोरोना संक्रमित

४ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ५४ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ५४ लाख ६२० मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९२ हजार ६०५ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ८६ हजार ७५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३३ जनाको मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म ४३ लाख तीन हजार ४४ संक्रमित निको भइसकेका छन् भने १० लाख १० हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् । भारतमा कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको महाराष्ट्रमा अहिले तीन लाख एक हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् । त्यस्तै आन्ध्र प्रदेशमा एक लाखभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् । उत्तर प्रदेशमा पनि ८४ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ६ हजार ८०६ नमुनाको कोरोना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment