Comments Add Comment

जन्मदिनमा उपासना भन्छिन्–‘३ वटा स्क्रिप्ट पढेँ, काम गर्ने पक्का छैन’

नायिका उपासना सिंह ठकुरीले लकडाउनको समयमा ३ वटा चलचित्रको स्क्रिप्ट सुनिन् । उपासनाले ३ वटा चलचित्रको स्क्रिप्ट सुनेपनि कुनमा काम गर्ने पक्का गरेकी छैनन् । उनी, अभिनित पछिल्लो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको १ बर्ष भयो । उनले, यसपछि कुनै पनि चलचित्र साइन गरेकी छैनन् । उनी भन्छिन्–‘चित्तवुझ्दो कथा नआएसम्म काम नगर्ने सोच छ । यसैले हतार गरेको छैनँ ।’

उपासनको आज जन्मदिन पनि हो । आफ्नो २२ औं जन्मदिन साथीहरुसँग मनाइरहेकी उपासनाले दर्शकको मायाका लागि आभार व्यक्त गरिन् । भनिन्–‘मलाई थाहा छ, दर्शकले मलाई प्रतिक्षा गर्नुभएको छ । यसैले, राम्रो काम सहित आउने सोचका साथ हतार गरेको छैन ।’

नायक अनमोल केसीसँग एउटा विज्ञापनमा काम गरेकी यी नायिकाले फेरि अनमोलसँग सहकार्यका लागि कुरा नभएको बताइन् । तर, आगामी दिनमा सहकार्य हुने विश्वास उनले व्यक्त गरिन् ।

चलचित्र ‘क्याप्टेन’बाट रजतपटमा प्रवेश गरेकी यी नायिकाले अभिनय गरेको दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ बम्पर हिट भयो । उनले, दोश्रो चलचित्र हिट भएपछि पढाई पुरा गरेर मात्र काम गर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment