Comments Add Comment

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक गरिरहँदा सोच्नुपर्ने हुन्छ, भोलिका दिनमा यसले कुनै असजिलो त बनाउने होइन ?

यो प्रश्न खासगरी अभिभावकले सोच्नुपर्ने हुन्छ । अहिले धेरै अभिभावक यस्ता छन्, जसले बालबच्चाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । आफ्नो बालबच्चाको रमाइलो चर्तिकला पोस्ट गर्न र त्यसबाट आउने प्रतिक्रिया हेर्न उत्सुक हुने गर्छन् । यहाँसम्म त ठीकै छ ।

तर, बालबच्चाको तस्विर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा ख्याल गर्नुपर्ने धेरै कुरा छन्, जो अभिभावकले त्यती सावधानी अपनाएको पाइदैन । बच्चाले खाना खाएको, लुगा लगाएको, खेलेको, हाँसेको, छिल्लिएको, ठुस्किएको, नखरा पारेको तस्विर र भिडियो सार्वजनिक गरिरहँदा सोच्नैपर्छ, यस्ता सामाग्रीले भोलिको दिनमा उनलाई कुनै असर त पर्नेछैन ?

अहिले उनीहरु अवोध हुन्छन् । उनीहरुमा परिपक्कता हुँदैन । भोलिको दिनमा जब उीहरु जान्नेबुझ्ने हुन्छन् वा कुनै क्षेत्रमा स्थापित हुन्छन्, त्यसबेला विगतका तस्विर÷भिडियो दुरुपयोग हुनसक्छ । त्यसैले त्यस्ता तस्विर, भिडियो सार्वजनिक गर्नुअघि सोच्नैपर्छ ।

बिमार भएको बेला

सोच्नुहोस् त, यदि तपाई बिमार हुनुभएको छ र कसैले तपाईको फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्छन् भने । बिमार भएको अवस्थामा फोटो खिच्नु राम्रो होइन । यतिबेला बच्चाको अवस्था नाजुक हुन्छ, अनुहार सिथिल हुन्छ । यस्तो दयानिय फोटोले के अर्थ राख्छ ?

अरु बच्चासँगको सामूहिक फोटो

बच्चाहरु आफ्नो साथीसँग खेलिरहेको, कतै बसिरहेको सामूहिक फोटो खिचेर सामाजिक संजालमा राख्नु उचित हुँदैन । किनभने आफ्नो बच्चाको फोटो अपलोड गर्न मन लागेपनि कति अभिभावक त्यस्तो चाहदैनन् । अभिभावकको अनुमति बिना अर्को बच्चाको फोटो अपलोड गर्नु सहि होइन । अर्काको प्राइवेसीको सम्मान गर्नुपर्छ ।

दिसा–पिसाब गरिरहेको अवस्था

जतिसुकै उमेरको किन नहोस्, दिसा–पिसाब गरेको क्षण नितान्त व्यक्तिगत कुरा हुन् । यस्ता कुरा दुनियालाई देखाइरहनु आवश्यक छैन । यस अवस्थाको फोटोले कुनै अर्थ राख्दैन । बरु, बच्चा ठूलो भएपछि जब आफ्नो फोटो देख्छन्, उनीहरुलाई अप्ठ्यारो पर्न सक्छ ।

नुहाएको अवस्थामा

अक्सर आमाबुवाले बच्चालाई नुहाइदिएको फोटो शेयर गर्छन् । तर, यस्तो तस्बिर सार्वजनिक गर्नका लागि होइन । आफ्नो बच्चाको नग्न तस्विर सामाजिक संजालमा शेयर गर्दा त्यसले पछि समस्या निम्त्याउन सक्छ । किनभने यस्तो तस्विर गलत मान्छेको हातमा प¥यो भने प्रविधिको माध्यामबाट दुरुपयोग गर्ने डर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment