Comments Add Comment

थोमस मुलर बने जर्मनीका सर्वाधिक सफल फुटबलर

९ असोज, काठमाडौं । थोमस मुलर जर्मनीको इतिहासमै संयुक्तरुपमा सर्वाधिक सफल खेलाडी बनेका छन् । यूईएफए सुपर कपको फाइनलमा सेभिल्लाविरुद्ध बायर्नले हासिल गरेको जितपछि उनलाई यो उपलब्धि मिलेको हो ।

च्याम्पियन्स लिग र यूरोपा लिगका विजेताहरुबीचको वार्षिक भिडन्त बिहीबार बुढापेस्टको पुस्कस एरियनामा भएको थियो । गत सिजनको प्रदर्शनले गर्दा यो म्याचमा बायर्नलाई बलियो मानिएको थियो, तर सेभिल्लाले स्क्रिप्ट उल्टायो । लुकास ओकाम्पोसले १३ मिनेटमै पेनाल्टीमार्फत गोलको खाता खोले । आधाघन्टा पछि रोबर्ट लेवान्डोस्कीले चतुर गोल गरे ।

मध्यान्तरपछि खेल झनै तनावपूर्ण भयो । लेवान्डोस्की र लेरोय सेनले प्रहार गरेको बलले जाली चुम्यो तर रेफ्रीले मान्यता दिएनन् । गोलकिपर म्यानुयल नेउयरले एउटा विश्वस्तरीय सेभ गरे । अन्ततः खेल अतिरिक्त समयमा धकेलियो । बायर्नले १०४औं मिनेटमा निर्णायक गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यौं । जाभि मार्टिनेजले हेडमार्फत आकर्षक गोल गरेका थिए ।

सो खेलमा मुलरको प्रदर्शन हेर्न लायक थियो । आफ्नो सम्पूर्ण करिअर बायर्नलाई दिएका उनले बुन्डेसलिगा च्याम्पियनलाई वर्षको चौंथो ठूलो उपाधि दिलाउन सफल भए ।

सोही प्रयासका लागि उनी जर्मनीको सर्वाधिक प्रख्यात फुटबलरको दावेदारीमा परेका थिए । विश्वकप विजेता जर्मन टिममा समेत रहेका उनले क्लब लेभलमा २६ वटा उपाधि जितेका छन् । उनीसँगै बास्टियन स्वेन्सटाइगरको नाममा पनि २६ वटै उपाधि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment