Comments Add Comment

दीपिकाले स्विकार गरिन् ‘ड्रक्स च्याट’को आरोप

बलिउड नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । आज नारकोटिक्स कन्ट्रोल ब्युरोले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको हो ।

नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेकी छिन् । तर, नायिकाद्धय साराअली खान र श्रद्धा कपुरले भने ड्रग्स सेवनको आरोप अस्विकार गरेका छन् ।

एनसीबीको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरिएको हो । दुबैजनाले ड्रग्स च्याटको आरोप स्विकार गरेका हुन् ।

दीपिकालाई एनसीबीका प्रतिनिधीले उनीमाथि लगाइएको आरोप जानकारी गराएका थिए । डाटा ब्याकअप लिनका लागि दीपिकाको २ वटा मोबाइल पनि लिइएको थियो । उनलाई यो बिषयमा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment