Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योतीको प्रशंसा, श्रृष्टीले मन जितिन्

विश्वकै नम्बर १ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि यो शो प्रशारण हुँदै आएको छ ।

प्रिमियर शोबाट नै चर्चा बटुलेको यो शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरे । यो शोमा नायक दीलिप रायमाझी, नायिका गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् ।

शोमा सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रदर्शन गरेपछि निर्णायकहरु खुशी देखिए । शोको पहिलो भागमा फुटबल खेलाडी हरि खड्काले आफ्नो कोरियोग्राफर पार्टनर यूवी बलामीसँग नृत्य प्रस्तुत गरेका थिए । यस्तै, उमेश राई र प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, देवान्सी वैद्यवार र सिद्धार्थ श्रेष्ठ, श्रृष्टी केसी र केशव थापाले आफ्नो नृत्य प्रस्तुत गरे । दुष्टिबिहिन श्रृष्टीको प्रस्तुतिले दर्शकको मन जितेको छ । धेरैले उनलाई आफ्नो प्रेरणाको श्रोत भएको प्रतिक्रिया सामाजिक संजालमा दिइरहेका छन् ।

यस्तै, दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा–दमन्ता र सुरेल बीके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता योञ्जन, सुमी मोक्तान र विजु पार्थी, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रस्तुतिका क्रममा गायिका ज्योती मगरको गम्भिर कथा बोकेको गीतमा नृत्यले निर्णायकको मन जित्यो ।

युटुबमा समेत अत्याधिक रुचाइएको ‘डान्सिङ विथ दि स्टार्स’का प्रतिस्पर्धीलाई दर्शकले बुधबार मध्यान्न १२ बजेसम्म भोट गर्न सक्नेछन् । अब, हरेक हप्ता एक जना प्रतिस्पर्धी निर्णायकको मत र दर्शकको भोटको आधारमा शोबाट बाहिरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment