Comments Add Comment

जीवनमा सुन्दर रंग भर्न आवश्यकः प्रदिप

नायक प्रदिप खड्का आफ्नो जिन्दगीको पुस्तकमा सुन्दर रंग कोर्न चाहन्छन् । कलाकार भएको नाताले पनि सुन्दर रंग भर्नका लागि उनलाई राम्रा चलचित्र दर्शकमाझ पस्कन आवश्यक छ ।

प्रदिपले चलचित्र करिअरको सुरुवातमा नै दर्शकको मन जितेका थिए । ‘प्रेमगीत’ चलचित्र रिलिज भएपछि स्टारको रुपमा उदाएका यी नायक अहिले पनि निरन्तर चलचित्रको काममा नै व्यस्त छन् ।

चलचित्र ‘प्रेमगीत ३’ रिलिजको प्रतिक्षामा रहेका प्रदिप ‘हुतुतु’ र निर्देशक दिनेश राउतको चलचित्रमा काम गर्दैछन् । उनै, प्रदिप जीवनलाई एक स्केच पुस्तकको रुपमा वुझ्छन् भने आम मानिसलाई कलाकार । यो स्केचमा सावधानिपूवर्क सुन्दर रंग भर्न आवश्यक रहेको प्रदिपको तर्क छ । आफूले कस्तो खालको रंग भरेको छु भनेर पक्का गर्न पनि आवश्यक हुने प्रदिप लेख्छन् ।

नायक प्रदिप खड्का हिट चलचित्रको प्रतिक्षामा छन् । गतबर्ष चलचित्र रिलिज हुन नसक्दा उनलाई तनाव भैरहेको छ । हल खुलेर चाडै दर्शकमाझ पुग्ने अपेक्षा उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment