+
+
Shares

रौतहटमा बालिकाको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते २०:५१

१६ असोज, रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार साँझ १४ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् ।

बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान १० बजे तिर घाँस काटन गएकी उनी अबेरसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा उखुबारीमा शव भेटिएको हो ।

शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?