+
+
Shares

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको सुरूङ्गा नगरपालिका–४ मा जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ।
  • बाख्रा खोज्न गोठतर्फ गइरहेका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
  • हात्तीको आक्रमणबाट घाइते चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो।

३० कात्तिक, सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ ।

सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।

उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिए ।

चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।

हात्तीको आक्रमणबाट चौधरीको मृत्युु भएपछि स्थानीयवासी त्रसित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?