Comments Add Comment

भारतबाट भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

भारतबाट भित्राइएका खसीबोकाहरु । तस्वीर : शिवु खनाल

१७ असोज, लमही । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ६२ वटा खसी सशस्त्र प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ ।

भारतसँग जोडिएको कोइलाबास नाकाबाट मिनी ट्रकमा राखेर भित्राइएका खसीहरु दाङको सशस्त्र प्रहरी बल अर्जुनखोलाले गएराति नियन्त्रणमा लिएको हो ।

रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका एसपी टोपबहादुर खनालले जानकारी दिए ।

उनका अनुसार खसी नेपाल भित्राउने सम्बन्धित व्यक्ति फेला परेका छैनन् । ट्रक र खसीहरु नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी खनालले जानकारी दिए ।

ती खसीहरु दशैंलाई लक्षित गरी कुनै व्यापारीले भित्राएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment