Comments Add Comment

आगामी साता भारत–चीन सीमाबारे सातौं चरणको वार्ता हुने

१९ असोज, काठमाडौं । भारत–चीनबीच देखिएको सीमा विवादको विषयमा दुई मुलुकको बीचमा आगामी साता सैन्य कमाण्डरहरुको बीचमा सातौं चरणको वार्ता हुने भएको छ । भारतको समाचार संस्था न्युज १८ ले उल्लेख गरेअनुसार आगामी साता हुने वार्ता अन्तिम चरणको वार्ता हुनेछ ।

लद्दाखस्थित चिनियाँ सीमाको विषयमा देखिएको विवादपछि अहिले दुई मुलुकको बीचमा तनाव सृजना भएको छ । यसअघि पनि भारत र चिनियाँ सैन्य कमाण्डरबीच ६ चरणको वार्ता सकिइसकेको छ । तर, उनीहरुको वार्तामा ठोस कुनै प्रगति भने भएको छैन । अहिलेसम्म दुवै पक्ष आफ्नो अडानमा अडिग छन् । त्यसैले आगामी साता हुने वार्ता पनि निष्कर्षमा पुग्ने सम्भावना भने निकै कम छ ।

सीमा क्षेत्रमा तनाव देखिएसँगै दुवै मुलुकले सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सैनिकहरु खटाएका छन् । साथै दुवै मुलुकले एकअर्कालाई चेतावनी दिने क्रम पनि जारी छ ।

स्रोत : न्युज १८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment