+
+

टाटुको लतले डरलाग्दो शरीर

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १४:४९

भिक्टर ह्युगो पेराल्टा रोड्रिगेज जम्मा १३ वर्षको हुँदा नै जीउमा पहिलो टाटु खोपाएका थिए । त्यो उनको निकै साहसिक कदम थियो । त्यसपछि उनी पछाडि फर्किएनन् र जीउमा एकपछि अर्को गर्दै टाटु खोप्दै गए ।

अहिले ५० वर्षका भैसकेका रोड्रि गेजको शरीरको ९५ प्रतिशत भाग त टाटुले नै ओगटेको छ । उनले आँखाका नानीदेखि यौनांगसम्ममा टाटु बनाएका छन् ।

जीउमा टाटुमात्र होइन उनले कैयन् ठाउँमा पिनहरु रोपेका (पाएर्सिङ्ग) छन् भने जीउका कतिपय अंग मोडिफाइ गरेका छन् । उनले जिब्रोलाई चिरेर दुइहाँगे बनाएका छन् । नाकमा प्वाल पारेर बुलाकी जस्तो लगाएका छन् । आँखाका परेलाको भागमा शल्यक्रिया गरेर ठूलो आकारको बनाएका छन् भने कानको लोतीमा पनि प्वाल पारेर गहना झुण्डाएका छन् । आँखाको सेतो भागमा टाटु बनाएर पहेँलो पारेका छन् ।

उरुग्वेमा जन्मिएका भिक्टर अहिले अर्जेन्टिनामा बस्दै आएका छन् । उनले २६ वर्षदेखि टाटु आर्टिस्टको रुपमा काम गर्दै आएका छन् ।

उनको शरीरमा भएका टाटुमध्ये सबैभन्दा मनपर्ने टाटु कुन हो ? भन्ने प्रश्नमा उनले आफ्नो अनुहारमा रहेका टाटु सबैभन्दा मनपर्ने बताएका छन् ।

उनलाई जीउमा टाटु बनाउँदा वा खोप्दा खासै पीडा महसुस हुँदैन अरे । तर जिब्रो चिर्ने तथा जिब्राको रङ बदल्ने पिगमेन्टेसन शल्यक्रियाचाहिँ सबैभन्दा पीडादायक अनुभूति भएको उनी बताउँछन् ।

भिक्टरमात्र होइन उनकी पत्नी ग्याबीले पनि जीउभरी टाटु बनाएकी छिन् र अनुहार तथा शरीरका विभिन्न भागालई मोडिफाइ गरेकी छिन् ।

भिक्टर र ग्याबीको जोडीले संसारमा सबैभन्दा परिवर्तित जोडीको रुपमा गिनिज बुकमा नाम लेखाइसकेको छ ।

एजेन्सी      

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?