+
+
Shares

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र विकास कोषमा घेराउ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १२:५९

२१ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा स्थानीयवासीहरुले बुधबार बिहान नाराबाजीसहित कोषमा धर्ना दिएका हुन् ।

पशुपतिनाथको प्राचीनता मासिने भन्दै स्थानीयले गुरु योजनाको विरोध गर्दै आएकका छन् । यसअघि संघर्ष समितले धर्नासमेत दिएको थियो ।

पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएकोले यसले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने स्थानीयको भनाइ छ ।

स्थानीयवासीले ‘पशुपति क्षेत्रलाई सांस्कृतिक स्वायत्त क्षेत्र घोषणा गर’, ‘गुरुयोजना हो कि गोरु योजना ?’, ‘पशुपति विकास कोष हो कि विनास कोष ?’, ‘प्राचीन बस्ती मास्न पाइँदैन, यस्तो गुरुयोजना चाहिँदैन’लगायतका नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?