२२ असोज, काठमाडौं । पर्वतमा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फलेवास नगरपालिका-६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी राना रहेकी छन् ।
विद्यालय जाने क्रममा चौबिस कुरियातर्फ जाने कुलोले बगाउँदा बालिकाको बिहीबार दिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थाई प्रहरी पोष्ट खानी गाँउबाट खटिएको प्रहरी टोलीले बालिकाको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4