Comments Add Comment

बाँकेकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि 

२३ असोज, बुटवल । बाँकेमा एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उपचारका लागि उनी असोज २१ गते बुधबार नेपालगञ्ज मेडिकल कलेज पुगेकी थिइन् । तर त्यहाँ आईसीयू बेड नपाएपछि सोही दिन साँझ उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । बुधबार साँझ अस्पतालमा भर्ना भएकी उनको सोही दिन साँझ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उपचारको क्रममा बिहीबार राति ९ बजे मृत्यु भएपनि शुक्रबार (आज) बिहान उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment