Comments Add Comment

‘दराजबिना व्यापारमा टिक्न सक्दैनथेँ होला ‘

२७ असोज, काठमाडौं ।  अनलाइन बजार दराजले ‘दराज सहयात्री कार्यक्रम’ मार्फत ८००० भन्दा बढी एसएहरुमई (सानो र मध्यम आकारको व्यवसाय) लाई आफ्नो प्लेटफर्ममा आकर्षित गरेको थियो।

उक्त पहल मार्फत दराजले एसएमईहरुलाई ५५ लाख अनुदान प्रदान गरि सित्तैमा अनलाइन पसल स्थापना देखि सन्चालनमा पुरै सहयोग पुराएको थियो।

हाल सम्म सहयात्रीमार्फत कम्पनीले २१०० भन्दा बढी एसएमईका लागि व्यवसायको अवसर र स्थिर आय सिर्जना गरेको छ भने बाँकी सन्चालनमा आउने क्रममा छन् ।

दराजमा पाइने आधा भन्दा बढी वस्तुहरू एसएमईहरू द्वारानै बेचिन्छन्। साथै धेरै प्रविधि कम्पनीहरू, लजिस्टिक फर्महरू, गोदामहरू, र अन्य साना व्यवसायहरूले दराज मार्फत स्थिर आम्दानी सिर्जना गरेका छन्।

द सनशाइन कलेक्शन का मालिक अमर श्रेष्ठ भन्छन्, “म सहयात्री कार्यक्रममार्फत दराजमा सामेल भएँ। दराजको साथ मैले अहिलेको जटील समयमा स्थिर आय आर्जन गर्नका लागि एक माध्यम पाएँ। मैले कल्पना पनि नगरेको ठाउँहरूबाट पनि ग्राहकहरू प्राप्त गरे जुन परम्परागत तरिकाबाट सम्भव छैन। साथै, दराजको टिम सँग काम गर्नु एकदम सजिलो पनि छ।”

दराजले धेरै भन्दा धेरै विक्रेताबाट बढी उत्पादनहरू र सुविधाहरुको साथ रिटेल बजारलाई परिवर्तन गर्दै छ।  अनलाइन शपिंग गर्ने नेपाली उपभोक्ताहरूको बढ्दो संख्याले यस कुरालाई पुष्टि गर्दछ। दराजको साथ एसएमईहरू न्युनतम खर्चमा पर पर का उपभोक्ता सँग पनि व्यापार गर्न सक्छन्। कतिपय त आफ्नै घरबाट नै व्यवसाय सन्चालन गर्छन् भने कति महँगो भाडा तिर्न नपर्ने स्थानहरुबाट सन्चालित छन्।

“दराजले वास्तवमा साना व्यवसायहरुलाई बजारमा प्रवेश गर्न र फल्न एकदमै सजिलो बनाइदिएको छ। कसैले जहाँ बाट पनि दराज मार्फत व्यवसाय सुरु गर्न सक्छ। सहयात्री अन्तर्गत दराजले प्रदान गरिएका सेवाहरू सबै निःशुल्क थिए। साँच्चै, दराज बिना म मेरो व्यापार धान्न सक्दिन थिएँ होला,” दराज विक्रेता र अक्कु जिजी स्टोर का मालिक कुनाल तिमिल्सिना भन्छन्।

श्री गणेश स्टोरका मालिक गोमा चौलागाई भन्छिन्, “मैले गत वर्ष देखि दराज मा आफ्नो अनलाइन पसल सुरु गरेको थिएँ।  कम बजेटमा शुरु गरेको भएर लकडाउन हुँदा टर्नओभर खासै थिएन। अनि त्यस्तो बेलामा दराजको सहयात्री कार्यक्रमले मलाई चाहिँ निकै सहयोग मिल्यो । स्थिर आय प्रदान भयो, पर पर बाट पनि ग्राहक पाएँ र सहयात्री अन्तर्गत सबै सुविधा निशुल्क हुँदा धेरै सहयोग मिल्यो। यसले प्रमाणित गर्दछ कि दाराज जहिले पनि उनीहरूको विक्रेतालाई माथि उठाउन चाहन्छ।”

दराज अनुसार उसको मूल उद्देश्य भनेको डिजिटल युगमा सबैका लागि  व्यापार गर्न र अनलाइन बेच्नको लागि सजिलो बनाउनु हो। दराजले सहयात्री जस्तै अन्य कार्यक्रमहरु भविष्यमा लिएर आउने बाचा पनि गरेको छ। अहिले सहयात्री मार्फत दर्ता गर्ने  ८००० मध्ये २१०० भन्दा बढी एसएमईहरुले दराजमा बिक्रीका साथ काम गर्न थालेका छन्। साथै दराजका सबै विक्रेताहरू पुरानो र नयाँ, दशैं धामका को लागि तयारी गरिरहेका छन्।

नेपालको सबै भन्दा ठूलो अनलाइन बजार दराजमा ६००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका ५ लाख भन्दा बढी  सामानहरू बेच्छन्। साथै दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै मुख्य क्षेत्रहरू सहित नेपालका २७ शहरहरूमा पनि वितरण गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment