+
+
Shares

नेकपालाई बाबुरामको जवाफ : जन लोकपाल गठन गरौं, सहयोग गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते २०:४१

२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार छानबिन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जन लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् ।

बुधबार ट्वीटरमार्फत उनले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का, एनसेलको पुँजीगत लाभकर, वाइडबडी जहाज खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, यति समूहसँगको लिज सम्झौता, ओम्नी कम्पनीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता जस्ता विषय छानबिनका लागि जन लोकपाल गठन गर्नुपर्ने बताए ।

भट्टराईले केही दिनअघि गृहजिल्ला गोरखा पुगेर बुढीगण्डकी आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको आफूसँग प्रमाण भएको दावी गरेका थिए । बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी भट्टराईलाई प्रमाण पेश गर्न चुनौती दिएका थिए ।

प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा जवाफ दिँदै भट्टराईले जन लोकपाल मार्फत सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका हुन् । त्यसो भएमा आफूले सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको भट्टराईले उल्लेख गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?