+
+
Shares

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते २०:४७

२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।

हेर्नुहोस् तस्‍वीरहरु

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?