Comments Add Comment

पदवहाली गर्दै शहरी विकास मन्त्री श्रेष्ठले भने : देखिने गरी काम गर्छु

२९ असोज, काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने श्रेष्ठको भनाइ छ ।

प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि प्रतिवद्धता जनाए ।

श्रेष्ठले बिहीबार नै विहान पद तथा गोपनीयताको सपथ लिएका थिए । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठ सँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनीयताको सपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment