Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघ्यो

३० असोज, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो ।

त्यस्तै मेक्सिकोमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ३४ हजार ९१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाका पाँच हजार ५१४ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा मेक्सिको चौथो स्थानमा छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख १७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार नाघेको छ । भारतमा पनि एक लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

मेक्सिकोको सरकारले कोरोना संक्रमण पुष्टि भएका बाहेक पनि धेरै मानिसमा कोरोना संक्रमण हुन सक्ने बताएको छ ।

स्रोत  : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment