Comments Add Comment

कनेक्ट आईपीएसमार्फत डिजिटल दक्षिणा

३० असोज, काठमाडौं । दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएससँगै” योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गते सम्म कनेक्ट आइपिएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँको गिफ्ट भाउचर प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आईपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले www.connectips.com वा यसको मोबाईल एप्समा रहेको “ट्रान्सफर डिजिटल दक्षिणा”मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाईनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपिएसको वेभसाइट www.connectips.com यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरु प्रयोग गर्नसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment