+
+
Shares

गीत : आँधी तुफानमा तिमीलाई

राकेश कार्की राकेश कार्की
२०७७ कात्तिक १ गते १०:४८

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

धरतीमा बहार मलाई

फूल फुलुन् कि नफुलुन्

आकाश रमाइलै मलाई

जून डुलुन् कि नडुलुन्

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

सतत सन्तोष महसुस

यी सुख–दु:ख त सबैको

छातीभित्र सँगै बाँच्छ

प्रिय अनुभूति दुबैको

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

(हाल : लस एन्जेलस)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?