Comments Add Comment

गीत : आँधी तुफानमा तिमीलाई

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

धरतीमा बहार मलाई

फूल फुलुन् कि नफुलुन्

आकाश रमाइलै मलाई

जून डुलुन् कि नडुलुन्

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

सतत सन्तोष महसुस

यी सुख–दु:ख त सबैको

छातीभित्र सँगै बाँच्छ

प्रिय अनुभूति दुबैको

आँधी तुफानमा तिमीलाई

मेरो मनको किनारा

तिम्रो जीवनको हरपलमा

मेरो मायाको सहारा…।

(हाल : लस एन्जेलस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment