
३ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ७५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ५० हजार २७३ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५५ हजार ७७२ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या एक सतायताकै सबैभन्दा कम हो ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १४ हजार ६१० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५७९ जनाको कोरोनाबाट मृत्यु भएको छ । एक दिनमा कोरोनाबाट मृत्यु हुनेको यो संख्या गत जुलाई १९ यताकै सबैभन्दा कम हो ।
अहिलेसम्म भारतमा कोरोनाका ६६ लाख ६३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । संक्रमित संख्याको आधारमा भारत कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोनाका ८१ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म दुई लाख १९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4