+
+
Shares

उच्च अदालत दिपायलका १८ कर्मचारीमा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १७:४०

३ कात्तिक, डोटी । उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणबाट उच्च अदालमा कार्यरत १८ जनासहित ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको विवरण अनुसार उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतमा कार्यरत कर्मचारीको असोज २६ गते स्वाब संकलन गरिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये अधिकांश व्यक्तिहरु दसैँ मनाउन आ-आफ्नो घर गइसकेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?