Comments Add Comment

अजरबैजानविरुद्धको युद्धमा अहिलेसम्म अर्मेनियाका ७२९ सैनिकको मृत्यु

Photo Credit : GETTY IMAGES

४ कात्तिक, काठमाडौं । अर्मेनियाले अजरबैजानसँग विवादित भूमि नागोर्नो–काराबखको विषयमा सुरु भएको युद्धमा परी अहिलेसम्म आफ्ना ७२९ जना सैनिकको मृत्यु भएको बताएको छ । सोमबार अर्मेनियाले युद्धमा मृत्यु हुने सैनिकको सूचीमा थप १९ सैनिक थप गरेको हो । अर्मेनियाको रक्षा मन्त्रालयले यसअघि नै अहिले सार्वजनिक गरिएको तथ्यांक अपूरो पनि हुन सक्ने बताएको थियो । निरन्तर चलिरहेको युद्धमा मृत्यु हुनेको संख्या ढिलो प्राप्त हुन सक्ने भएकाले तथ्यांक सही नहुन सक्ने अर्मेनियाले बताएको छ ।

यद्यपि अहिलेसम्म अजरबैजानले भने अहिलेसम्म अफ्नो तर्फको कुनै नोक्सानीको विवरण सार्वजनिक गरेको छैन । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले एक अन्तर्वार्ताको क्रममा युद्ध सकिएपछि यो युद्धमा भएको सबै नोक्सानीको विषयमा जानकारी दिइने बताएका थिए ।

यसैबीच इरानले नागोर्नो काराबाखबाट आफ्नो भूमिमा मिसाइल वा तोपको गोला आएको खण्डमा त्यसको जवाफ दिइने बताएको छ । इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतीबाजादेले अनजानमा भए पनि इरानी भूमिमा आक्रमण भएको खण्डमा त्यसको उचित जवाफ दिइने बताएका छन् ।

अहिले अर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्धको क्रममा तीन सातामा केही दर्जन मिसाइल इरानको सीमामा पुगेका थिए । यसअघि अजरबैजानका राष्ट्रपतिले पनि इरानको सीमामा रहेका १३ गाउँ आफ्नो नियन्त्रणमा लिएको बताएका थिए । इरानको सीमावर्ती गाउँमा अधिकांश मानिसहरु अजरबैजानका नागरिकहरु छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment