+
+

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ कात्तिक ४ गते १४:५३

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ ।

गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार खर्च लिएकामा चालु आवको पहिलो तीन महिनामा २० जनाले १२ लाख २६ हजार ८८ रुपैयाँ लिएका छन् ।

यो गत वर्षको तुलनामा २०० प्रतिशत बढी हो । यो तथ्याङ्कमा नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसदको उपचार खर्च जोडिएको छैन ।

स्मरणीय के छ भने सरकारले सर्वधारणको कोरोना उपचार खर्च नब्यहोर्ने निर्णय गरेपनि सांसद-मन्त्रीहरूले सरकारी ढुकुटीबाटै कोरोना उपचार गराउँदै आएका छन् । संसद सचिवालयका अनुसार हालसम्म १९ सांसदलाई कोरोना संक्रमण भएको छ ।

अनलाइनखबरलाई प्राप्त विवरण अनुसार, २८ असोजमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका लिलानाथ श्रेष्ठले असोज २१ गते ९ हजार ३७० रुपैयाँ उपचार खर्च लिएको देखिन्छ । नेकपाकी सांसद नविना लामाले त्यही दिन १ लाख ३७ हजार ६४० रुपैयाँ उपचार खर्च लिएको देखिन्छ ।

चालु आवको पहिलो तीन महिनामा उपचार खर्च लिने अन्य सांसदमा दुर्गाप्रसाद उपाध्याय, मीना पाण्डे, मिनाक्षी झा, बिजय सुब्बा लगायत छन् । उपाध्यायले असोज ८ गते एकलाख आठ हजार १४७ रुपैयाँ, पाण्डेले साउन २३ गते एकलाख ३७ हजार ७८३ रुपैयाँ, झाले असोज २१ गते एक लाख ५८ हजार ३९७ रुपैयाँ लिएको विवरणमा उल्लेख छ । नेकपाका सांसद बिजय सुब्बाले पनि सोही मितिमा २२ हजार ३७७ रुपैयाँ उपचार खर्च लिएको देखिन्छ ।

सांसदहरु तारादेवी भट्ट, उमा रेग्मी, हिरा गुरुङ, शारदादेवी भट्ट, धनश्याम खतिवडा, विमला विक, स्मृतिनारायण चौधरी, नरपति लुवार, शान्ति कुमारी अधिकारी, अगमप्रसाद बान्तवा राई, कलुदेवी विश्वकर्मा, यज्ञहादुर बोगटी, सुमित्रा बिसीले पनि उपचार खर्च लिएका छन् ।

संसद सचिवालयले सांसदहरुलाई सरकारी अस्पतालमा उपचार गराएको भए पुरै र निजी अस्पतालमा भए आधा रकम दिने मापदण्ड छ ।

सांसदले बिल पेश गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संसद सचिवालयकै अधिकारीहरू रहेको चिकित्सक बोर्डको निर्णय, संसद सचिवालयका महासचिव र सचिवस्तरीय स्वीकृतिबाट भुक्तानी दिइन्छ ।

चालु आवमा उपचार खर्च वापत्त रकम लिने सांसदहरुको लिस्ट –

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?