Comments Add Comment

किसानको धान किन्ने सहकारीले प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने

४ कात्तिक, काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो ।

कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका- २०७७’ पारित गरेको छ ।

निर्देशिकाअनुसार सहकारीहरुले सरकारी अनुदान प्राप्त गर्नका लागि सरकारले तोकेको समर्थन मूल्य तिरेर किसानको धान किन्नुपर्ने छ । कृषि मन्त्रालयले यस वर्षको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल २७३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २८८५ रुपैयाँ तोकेको छ ।

सरकारले तोकेको यो मूल्यमा धान किन्ने सहकारीले अनुदानवापत सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ प्राप्त गर्ने मंगलबार पारित निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment