+
+
Shares

धानको कुनिउँमा आगजनी

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ।
  • घैलाडुब्बा पशुहाट उत्तरतर्फ लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो।
  • आगलागीबाट करिब १ लाख ५१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ, र प्रहरीले अनुसन्धान गरिरहेको छ।

३० कात्तिक, भद्रपुर (झापा)। कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।

आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा  बढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?