Comments Add Comment

अफगानिस्तानमा भागदौडमा परीमा कम्तीमा १५ को मृत्यु

Photo Credit : REUTERS

५ कात्तिक, काठमाडौं । अफगानिस्तानमा पाकिस्तानी वाणिज्य दूतावासनजिकै भागदौड मच्चिँदा कम्तीमा १५ अफगानिस्तानीको मृत्यु भएको छ । साथै एक दर्जनभन्दा धेरै मानिसहरु घाइते भएका छन् । बुधबार जलालबाद सहरको रंगशालामा उक्त भागदौड मच्चिएको हो । भिसा पाउन रंगशालामा हजारौं मानिसहरु जम्मा भएका थिए । अफगानिस्तानको नाङगरहार प्रान्तको राजधानी सहरमा रहेको यो रंगशालामा भिसा आवेदन दिन तोकिएको भन्दा धेरै मानिस पुगेसँगै भागदौड मच्चिएको हो ।

प्रान्तीय परिषद्का सदस्य सोह्राद कादेरीका अनुसार उक्त घटनामा मृत्यु हुनेमध्ये ११ महिला छन् । त्यस्तै अन्य विशिष्ट व्यक्तिहरु पनि घाइते भएको कादेरीले बताएका छन् । दुई प्रान्तीय अधिकारीहरुका अनुसार पाकिस्तान भ्रमण भिसाका लागि आवश्यक टोकन तीन हजार अफगानिस्तानीलाई दिने गरी मानिसहरुलाई फुटबल रंगशालामा भेला हुन भनिएको थियो । तर, १० हजारभन्दा धेरै मानिसहरु टोकन लिन फुटकल स्टेडियम आइपुगेको कारण यो अप्रिय घटना हुन पुगेको प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।

भिसा सेन्टरमा धेरै मानिसहरुको भिड हुन सक्ने भएकाले जलालबादको स्टेडियमबाट आवेदन लिने व्यवस्था मिलाइएको थियो । गत साता पाकिस्तानी वाणिज्य दूतावासले सात महिनापछि भिसा दिन सुरु गरेको थियो ।

पाकिस्तानी वाणिज्य दूतावासले तोकेको भन्दा धेरे भिसा दिन सक्ने हल्ला मानिसहरुमा फैलिएको कारण धेरै मानिसहरु रंगशालामा भेला भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था अलजाजिराले उल्लेख गरेको छ । रंगशालाको गेट खुल्नासाथ ठूलो संख्यामा मानिसहरु एकैचोटि भित्र छिर्न थाले, जसको कारण यो घटना हुन पुगेको हो ।

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत मन्सूर अहमद खानले यो घटनामा दुःख व्यक्त गरेका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment