Comments Add Comment

पल र वर्षाको ‘छलक छलक छल्क्यो माया’

दिपक सिलवालको शब्द तथा संगीतमा समावेश ‘छलक छलक छल्क्यो माया’ बोलको गीत सार्वजनिक भएको छ । शिव परियार र निरुषा भट्टराइको स्वर रहेको यो गीतको म्यूजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा पल शाह, वर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन् ।

यो भिडियोमा रोमान्स, डान्स र एक्सन हेर्न सकिन्छ । निर्देशक बिष्टले दर्शकले चलचित्र नै हेरेको आभाष भिडियो हेर्दा गर्ने बताए । गीतकार सिलवालले गीतले वैशालु उमेरमा यूवा–यूवतीको प्रेमभाव प्रस्तुत गरेको बताए । भिडियोमा संजय थापा र शुक्रराज शाहको एक्सन निर्देशन, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment