Comments Add Comment

थप ३०९३  जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा ११७४ महिला र १९१९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९६ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१०८ जना संक्रमणमुक्त भएका हुन् । देशभर ४१ हजार ७५५ संक्रिय संक्रमित छन् । १३ हजार ५५९ संस्थागत र २८ हजार १९६ होम आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २७३ जनाका आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७०२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १४३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जना छन् ।

यस्तै सुनसरीका ४७३ जना, मोरङका १३१, मकवानपुरका ११३, चितवनका ८०, कैलालीका ७३, कास्कीका ४०, रसुवा र बाँकेका ३८/३८ जना, धादिङ र रुपन्देहीका ३०/३० जना, सिन्धुपाल्चोकका २९, बर्दियाका २८, दैलेखका २५, नवलपुरका २१, पर्साका २०, धनुषा र नुवाकोटका १६/१६ जना, सिराहाका १४, उदयपुर र कालीकोटका १३/१३ जना, डोटीका १२, तथा झापा, लमजुङ, अछाम र कञ्चनपुरका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गुल्मीका १० जना, सप्तरीका ९, बाराका ८, जुम्ला र डडेलधुराका ७/७ जना, तनहुँका ६, स्याङ्जाका ५, धनकुटा, महोत्तरी र नवलपरासीका ४/४ जना, सर्लाही, काभ्रे र सुर्खेतका ३/३ जना, गोरखा, अर्घाखाँची र कपिलवस्तुका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा, बाग्लुङ, दाङ, पाल्पा, रुकुम पश्चिम र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment