Comments Add Comment

नसक्नेको उपचार सरकारले गर्ने भनेकै छ, तर भ्रम फैलाइयो : प्रधानमन्त्री

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् ।

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ ।

सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ । स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले समेत यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्राधनमन्त्री ओलीले भने आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे ।

तर, सरकारको निर्णयलाई लिएर भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई चिर्नुपर्ने बताएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment