Comments Add Comment

कोरोना संक्रमणबाट २२ जनाको मृत्यु

४ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयहरुका अनुसार मोरङका ६ जना, सुनसरीका ३ जना, काठमाडौं र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । मोरङका मृतकमध्ये रंगेली नगरपालिका-४ का ८५ वर्षीय पुरुष र ८१ वर्षीया महिला श्रीमान श्रीमती हुन् ।

यस्तै झापा, महोत्तरी, ललितपुर, चितवन, नवपलुर कास्की, म्याग्दी, दाङ, रुपन्देही र सुर्खेतका एकएक जनाको कोरोना संक्रमणमबाट मृत्यु भएको छ ।

  • कटहरी गाउँपालिका-२, मोरङकी २१ वर्षीया युवतीको मंगलबार कोशी अस्पताल, कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो र सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
  • विराटनगर महानगरपालिका-१२, मोरङकी ६४ वर्षीया महिलाको मंगलबार कोशी अस्पतालमै मृत्यु भएको छ । उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।
  • विराटनगर महानगरपालिका-१०, मोरङकी ६४ वर्षीया महिलाको मंगलबार न्युरो अस्पतालमा मृत्यु भएको छ । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।
  • विराटनगर महानगरपालिका-७, माेरङकी ६९ वर्षीया महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २६ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने शनिबार अस्पताल भर्ना भएकी थिइन् ।
  • रंगेली नगरपालिका-४, मोरङका ८५ वर्षीय पुरुषको सोमबार विराट नर्सिङ होममा मृत्यु भएको छ ।
  • रंगेली नगरपालिका-४, मोरङकी ८१ वर्षीया महिलाको सोमबार मोरङ सहकारी अस्पतालमा मृत्यु भएको छ ।
  • धरान-१६, सुनसरीका ९० वर्षीय पुरुषको मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । हाइपरटेन्सन र मधुमेहसम्बन्धी रोगबाट पीडित वृद्धमा उनलाई ३० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
  • इटहरी उपमहानगरपालिका-५, सुनसरीका ३८ वर्षीय पुरुषको सोमबार कोशी अस्पताल, कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी सोमबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।
  • इटहरी, सुनसरीका ५६ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १ मा कोरोना संक्रमण पुष्टि भएका उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
  • विर्तामोड-४, झापाकी ७६ वर्षीया महिलाको मंगलबार विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनी ३० असोजमा अस्पतालमा भर्ना भएकी थिइन् ।
  • भंगहा नगरपालिका-५, महोत्तरीका ६०वर्षीया महिलाको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएर २ कात्तिकमा अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।
  • तारेकेश्वर-७, काठमाडौंकी ६३ वर्षीया महिलाको सोमबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगबाट पीडित उनलाई १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • बौद्ध, काठमाडौंका ७० वर्षीय पुरुषको आइतबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या भएर २७ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी ७२ वर्षीया महिलाको आइतबार शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र दमको समस्या भएकी उनी २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सूर्यविनायक, भक्तपुरका ८१ वर्षीय पुरुषको आइतबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई २९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ग्वार्को, ललितपुरका ६७ वर्षीय पुरुषको आइतबार अल्का अस्पतालमा मृत्यु भएको छ । २६ असोजमा कोरोना संक्रमण पुष्टि भएको उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
  • खैरहनी नगरपालिका-१०, चितवनका ६७ वर्षीय पुरुषको मंगलबार पुरानो मेडिकल कलेमा मृत्यु भएको छ । निमोनिया भएर २९ असोजमा अस्पताल भर्ना भएका उनलाई ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • गैंडाकोट नगरपालिका-७, नवलपुरका ५० वर्षीय पुरुषको मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । सर्पले डसेपछि १७ असोज अस्पताल भर्ना भएका उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-२२, कास्कीका ४४ वर्षीय पुरुषको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या भएका उनलाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धौलागिरी गाउापालिका-७, म्याग्दीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनी २९ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • लमही नगरपालिका-५, दाङका ४३ वर्षीय पुरुषको मंगलबार होम आइसोलेसनमा मृत्यु भएको छ । जन्डिसको समस्या भएका उनलाई एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बुटवल उपमहानगरपालिका-११, रुपन्देहीकी ४१ वर्षीया महिलाको मंगलबार कोरोना अस्पताल बुटवलमा बिहान मृत्यु भएको छ । मधुमेहको समस्या भएकी उनी सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
  • वीरेन्द्रनगर नगरपालिका-८, सुर्खेतकी ८६ वर्षीया महिलाको मंगलबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । ज्वरो र खोकीको समस्या लिएर ३० असोजमा अस्पताल भर्ना उनलाई १ कात्तिकमा कोरोना संक्रमण देखिएको थियो ।

*अपडेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment