+
+
Shares

दाङको लमहीमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते ७:४३

४ कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

‘उहाँ कलेजो बिग्रिएर कमजोर नै हुनुहुन्थ्यो, आज बिहान देहान्त भयो,’ वडाध्यक्ष बिमबहादुर केसीले भने ।

वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?