 
																			४ कात्तिक, चितवन । चितवनकाे पुरानो मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय पुरुष रहेको मेडिकल कलेजले जनाएको छ ।
निमोनियाका कारण असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको कलेजले जनाएको छ ।
आजै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका–७ का कोरोना संक्रमित ५० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4