+
+
Shares

चितवनमा गैंडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १२:२२

४ कात्तिक, काठमाडौं । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपुरको गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ९ः५६ बजे मृत्यु उपचारको क्रममा भएको हो ।

असोज १७ गते सर्पले डसेपछि अस्पताल भर्ना भएका उनीमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

आईसीयू कक्षमा राखेर उपचार गरिएपनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?