
४ कात्तिक, काठमाडौं । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4