Comments Add Comment

सुर्खेतमा कोरोना संक्रमितको महिलाको मृत्यु

४ कात्तिक, सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ ।

उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो ।

ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि असोज ३० गते बेलुका प्रदेश अस्पतालमा भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि कात्तिक १ देखि आईसीयूमा राखिएको थियो ।

कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप पौडेलका अनुसार कात्तिक १ गते बिहान स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment