+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १६:१०

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् ।

मंगलबार दिउँसो अनलाइनखबरकर्मीलाई तिवारीको फोन आयो । उनले अनलाइनखबरमा कार्यरत सञ्चारकर्मीलाई भेट्न बोलाए ।

कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) रहेछ ।

कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै अनलाइनबरकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरे । खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहोर्‍याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए ।

अनलाइनखबरकर्मीले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउँमा (पैसा बाँड्न ?) पुगिसकेको बताउँदै भने, ‘पछि फोन गर्छु ।’

अनलाइनखबरकर्मी श्रेष्ठले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताएपछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए । तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर अनलाइनखबरका तर्फबाट फिर्ता गरिएको छ ।

हेर्नुहोस् डिपोजिट गरिएको कागज-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?