+
+
Shares

दसैँ विदामा पनि मानव अधिकार उल्लंघनको उजुरी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १७:४९

५ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाको उजुरी दसैँ विदामा पनि लिने भएको छ ।

त्यसका लागि दसैँका विदामा पनि केन्द्रीय र प्रदेश कार्यालय दिउँसो १२ देखि २ बजेसम्म खुल्ला रहने आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।

त्यस्तै आयोगले नियमित रुपमा सञ्चार अनुगमन तथा गम्भीर प्रकृतिका घटनाको पनि आवश्यकताअनुसार अनुगमन गर्ने जनाएको छ ।

अधिकार आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव डा. टीकाराम पोखरेललाई र सहायक प्रवक्ताको जिम्मेवारी उपसचिव वुद्धनारायण सहनी केवटलाई दिएको छ ।

त्यस्तै सूचना अधिकारीमा उपसचिव सोमनाथ सुवेदी र सहायक सूचना अधिकारी मानव अधिकार अधिकृत दुर्गा पोखरेल तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?