+
+
Shares

दिल्ली फर्किए ‘रअ’ का प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १०:१५

६ कात्तिक, काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किएका छन् ।

बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।

भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको प्रमाणित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका छन् ।

सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?