+
+
Shares

भरतपुर अस्पतालका अध्यक्षलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १९:४६

६, कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोभिडको बिरामीहरुको उपचार तथा व्यवस्थापनमा खट्दै आएका डा. अधिकारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

हल्का खोकी र छाती दुख्ने सामान्य समस्या मात्रै देखिएको डा. अधिकारीले बताए । ज्वरो आउने र कमजोरी हुने लक्षण भने नदेखिएको  उनले जानकारी दिए ।

यसअघि, भरतपुर अस्पतालमा अहिलेसम्म कोरोनाबाट ७५ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?