Comments Add Comment

भक्तपुरमा उनिँदैछ मखमली फूलको माला (फोटो फिचर)

१६ कात्तिक, काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका फूल व्यापारीहरूलाई पोहोर परार जस्तो धपेडी छैन । कोरोना भाइरसका कारण खपत कम हुन्छ भनेर फूलसँगै मकै समेत लगाएका किसानहरूले यो वर्ष मलमासका कारण तिहार पछि सरेपछ ढुक्कले माला उन्ने फुर्सद पाएका छन् ।

पहिले धेरै फूल र कात्तिकको दोस्रो सातासम्ममा सबै बेचिसक्नुपर्ने बाध्यतामा हुने किसानहरू यो साल फुर्सदिलो तरिकाले माला उन्न पाएको बताउँछन् ।

गुण्डुकी न्हुँच्छेमाया नगरकोटी यो वर्ष तिहार पछि भएका कारण माला उन्ने फुर्सद पाएको बताउँछिन् । अघिल्ला वर्ष एक रोपनी क्षेत्रफलमा फूल लगाउने गरिएकोमा कोरोना महामारीका कारण खपत कम हुनसक्ने भएकोले यो साल छ आनामा मात्रै फूल लगाएको उनी बताउँछिन् ।

कोरोनाकै कारण कम क्षेत्रफलमा फूल लगाएको बताउँछन् सोही क्षेत्रका प्रेम कृष्ण नगरकोटी । ‘पहिले फूलैफूल मात्रै हुन्थ्यो । यसपालि मकै पनि खाइयो ।’ नगरकोटी भन्छन् ‘उत्पादन पनि कम भएको र यो साल तिहार पनि केही पछि परेकोले अघिल्ला वर्षभन्दा यसपालि किसानहरू फुर्सदिलो बनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment