+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतीय सहयोगमा निर्मित विद्यालय भवनको भिडियो कन्फरेन्समार्फत् उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते ८:५४
भारत सरकारको आर्थिक अनुदानमा निर्मित विद्यालय भवन । तस्वीर सौजन्य : भारतीय दूतावास

१८ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) जिल्लामा भारत सरकारको आर्थिक अनुदानमा निर्मित एक विद्यालय भवनको भिडियो कन्फरेन्समार्फत उदघाटन गरिएको छ ।

नवलपुरको देवचुली–७ मा अवस्थित भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् विद्यालय परिवारले सोमबार संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उदघाटन गरेका हुन् ।

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा नयाँ भवन निर्माण भएको थियो ।

भिमसेन आदर्श उच्च माध्यमिक स्थापना सन् १९६९ मा भएको थियो । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशतभन्दा बढी छात्रा छन् ।

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका छन् ।

साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?