Comments Add Comment

डिसहोमको डवल धमाका अफर दीपावलीमा पनि निरन्तर

डिसहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोममा डिलर दाइको डिस्काउन्ट नामक अफर सञ्चालन गरिरहेको छ ।

यसै अफरलाई डिसहोमले वडा दशैंसँगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

२ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक /एकलाख नगद उपहार यस अफर मार्फत जित्नुहुनेछ ।

साप्ताहिक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट-टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिसहोम बिक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment