+
+
Shares

‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णयबाट कमल थापा खुशी !

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १३:४२

२१ कात्तिक, काठमाडौं । सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

उनले ट्वीटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न आवश्यक नभएको बताए । थापाले प्राचीनकालदेखि नै देशको नाम नेपाल रहेको पनि बताएका छन् ।

सरकारले केही दिनअघि देशको आधिकारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो । उक्त निर्णयको कतिपयले भने विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?