Comments Add Comment

भूकम्प प्रभावित लाभग्राहीले मंसिर मशान्तसम्म अनुदान सम्झौता गर्नैपर्ने

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने ‘अन्तिम’ समयसीमा तय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ ।

पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणिकरणका लागि निवेदन दिनुपर्नेछ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गरिएको उनले बताए ।

प्राधिकरणले साविक घर भत्काइ नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment