Comments Add Comment
‘टीभीएस दसैंको आशा’ योजना :

जनकपुरका रत्नेसकुमारले जिते टीभीएसकाे सबैभन्दा महँगाे बाइक

टीभीएस दसैंको आशा’योजना अन्तर्गत भाग्यशाली विजेतालाई आज जनकपुर टीभीएस सोरुममा बाइकको चाबी हस्तान्तरण गरिएको छ।

यस योजनाअन्तर्गत रत्नेसकुमार कर्णले टीभीएस अपाचे आरआर ३१० जितेका छन्। टीभीएसको वेबसाइटमा गएर फाराम भरेका उनले लक्की-ड्रमार्फत् टीभीएसकाे सबैभन्दा महँगो बाइक जितेका हुन्।

आज जनकपुर टीभीएस शोरुम आर्यन अटोमोबाइल्समा भएको पत्रकार सम्मेलन कार्यक्रममा उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको हातबाट टीभीएसको सबैभन्दा महँगाे बाइक अपाचे आरआर ३१० हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै टीभीएस दसैँको आशा कार्यक्रमको विजयी कर्णले आफूले लक्की-ड्रबाट जीवनमा विश्वास नै नगरेको कुरा प्राप्त भएको बताए। टीभीएसले आफ्नो जीवनको आशा यस स्किममार्फत पूरा गरिदिएकाे भन्दै उनले धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रममा बाइकको चाबी हस्तान्तरणका साथै खुसीयालीमा विजयी कर्णसहितको बाइक र्‍यालीले जनकपुरबजार परिक्रमा गरिएको थियो।

मेयर साहले विजयी कर्णलाई बधाइ दिँदै ग्राहकको आशा पूरा गर्ने स्किम ल्याएकोमा जगदम्बा मोटर्स र जनकपुर टीभीएस शोरुम आर्यन अटोलाई धन्यवाद दिए।

कार्यक्रममा आर्यन अटो जनकपुरका सञ्चालक रामबालक महतोले विजेता कर्णलाई बधाई दिँदै टीभीएस बाइक तथा स्कुटर चढेर सेवा गर्ने मौका दिन आग्रह गरे। ग्राहकलक्षित विभिन्न आकर्षक स्किम र कार्यक्रम अझै गर्न पाउने विश्वास उनले व्यक्त गरे।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु-ह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर सयभन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स डिलर रहेको कम्पनीले जनाएकाे छ।

कम्पनीले टीभीएस दसैंको आशा कार्यक्रममा सहभागी हुन टीभीएस बाइक किन्नै पर्ने बाध्यता नरहेको जनाएको छ। कम्पनीको वेबसाइटमा गएर फाराम भरेपछि उक्त कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था कम्पनीले गरेको छ।

यही अवसरमा कम्पनीले टीभीएस बाइक तथा स्कुटर खरिदमा छुटसहित विभिन्न स्किम ग्राहकलाई प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment